‘माईली’ बन्दै प्रियंका

फिल्म ‘माईली’को निर्माण हुने भएको छ । रुना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा नायिका प्रियंका कार्की केन्द्रीय भूमिकामा अनुबन्धित पनि भएकी छिन् । 

बाबु साहेब बलामीको निर्देशनमा यो फिल्म बन्नेछ । सत्य घटनामा आधारित रहेर तयार हुने यो फिल्ममा महिलाको पीडालाई प्रस्तुत गरिने बलामीको भनाई छ । फिल्मले ‘दलित महिलाको श्रीमान् नहुँदा समाजले लगाउने दृष्टि, नाबालक हुर्काउन भोगेको कठिनाइलाई फिल्मले प्रस्तुत गर्ने बताइएको छ । 

यो फिल्मको छायांकन असारको अन्तिम साताबाट हुनेछ । फिल्मलाई मकवानपुर, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा शंकर अधिकारीको पटकथा तथा संवाद, राजेन्द्र बजगाईँको संगीत रहनेछ । 

नायिका प्रियंका कार्की आफैले पनि फिल्म निर्माणको तयारी गरेकी छिन् । तर, होम प्रोडक्शनको फिल्म अगाडि उनले बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेकी हुन् ।