प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया

आज बिहिबारदेखि विश्वव्यापी रुपमा रिलिजमा आएको फिल्म ‘कल्की’लाई मिश्रित प्रतिक्रिया मिलेको छ । यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । भारतका समीक्षकहरूको पनि फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया छ । 

फिल्मको क्लाइमेक्स, छायांकन र भीएफएक्सको तारिफ भइरहेको छ । तर, फिल्मको कथावस्तु निकै कमजोर भएको भन्दै समीक्षकहरूले यसलाई औषत फिल्म भनेका छन् । 

फिल्ममा नायक अमिताभ बच्चनको काम उत्कृष्ट भएको तर्क धेरैको छ । नायक प्रभाषको भूमिकालाई लिएर पनि दर्शकको मिश्रित प्रतिक्रिया आएको छ । 

यो फिल्मलाई बलिउड समीक्षकहरूले फरक–फरक रेटिङ दिएका छन् । २.५ देखि ४ सम्मको रेटिङ फिल्मले पाएको छ । 

फिल्मको पहिलो हाफलाई निकै कमजोर मानिएको छ । दोस्रो हाफको क्लाइमेक्सको तारिफ भइरहेको छ । 

यसरीहेर्दा, महँगो बजेटमा बनेको यो फिल्मले इनिसियल रुपमा आक्रामक सुरुवात गरेपनि लामो रेशको घोडा भने बन्न नसक्ने देखिन्छ ।