दया र मिरुनाको ‘घर ज्वाइँ’को ट्रेलर कस्तो छ ?

दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, राज थापामगर, कविता आले मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खबपु पुन, विना थापा मगर, सुरेश पुन लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर आज सार्वजनिक भएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन छ । मनोज थापा मगर र एसडी योगीको संगीत रहेको यो फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुवास कोइरालाको पटकथा, अनिलको कथा छ । 

ट्रेलर रिलिज कार्यक्रममा नायक दयाहाङ राई उपस्थिति हुँदा मिरुना भने उपस्थित हुन सकिनन् । कार्यक्रममा उपस्थित नायक राईले यो फिल्मले मगर संकृतीको कथालाई निकै नै रोचक तरिकाले भनेको बताए । यो फिल्म असारको २८ गतेबाट रिलिजमा आउँदैछ ।