समीक्षा लेख्छिन्–‘सबैको फिल्म चलोस्, रुँदै हिड्न नपरोस्’
गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा स्टाटस लेख्दै बाँचुन्जेलसम्म रिस, राग र डाहा मनमा पालेर के नै हुन्छ र भन्दै आफ्नो विचार राखेकी छिन् ।
उनले लेखेकी छिन्–‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ । यसकारण, म संसारकै भाग्यमानी छु झै लाग्छ ।’
उनले असफल हुँदा खुशी हुनेहरू धेरै भेटिने भन्दै थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै धेरै भएको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्–‘म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस् । रुँदै हिँड्न नपरोस् ।’
समीक्षाले सबैको फिल्म चलोस् भन्दै कामना गरेकी छिन् । सामाजिक संजालमा उनको यो भनाइमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।
कामको कुरा गर्नुपर्दा, समीक्षाको करिअर अहिले सुखद तरिकाले अगाडि बढिरहेको छ । उनी, तीजमा सांगीतिक कार्यक्रमका लागि जापान जाने तयारीमा छिन् ।
प्रतिक्रिया