करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

‘नेपाल आइडल ५’का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवासमा बोलाएर भेट गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले करणलाई गितार उपहार दिएका थिए । 

भेटका क्रममा प्रचण्डले आफूलाई गीतसंगीत र खेलकुदमा विशेष रुचि भएको बताएका थिए । उनले, आफूले यस्ता खालका कार्यक्रमहरू हेर्ने गरेको पनि बताएका थिए । 

प्रधानमन्त्रीले आफू सधैं नै युवापुस्ताको साथमा रहेको बताए । उनले, विजेता परियारको सांगीतिक करिअर सुखद हुने विश्वास व्यक्त गरेका थिए ।

साथै, उनले परियारले संगीत साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास समेत व्यक्त गरेको वुझिएको छ । 

बर्दियाको सामान्य परिवारमा जन्मिएका करणले केही दिन अगाडि सम्पन्न ‘नेपाल आइडल ५’को टाइटल जितेका थिए ।