साम्राज्ञी–स्वस्तिमा लक्षित अनमोलको स्टाटस–‘अनादर गर्नेलाई पनि सम्मान गर्नोस्’

नायक अनमोल केसीले आफूलाई अनादर गर्ने व्यक्तिलाई पनि सम्मान गर्न आग्रह गरेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘इट्स माई शो’मा पुगेर नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको व्यक्तिगत जीवनको बारेमा बोलेका थिए । 

उनीहरुले, अनमोलको नितान्त व्यक्तिगत कुरालाई राष्ट्रिय टेलिभिजनमा बोलेपछि चर्को आलोचना भइरहेको छ । उनीहरुले नायिका जसिता गुरुङदेखि पूजा शर्माको व्यक्तिगत बिषयमा पनि टिप्पणी गरेका थिए । जसिताले आफ्नो भनाई सार्वजनिक गरिसकेकी छिन् । 

अब, यो बिषयमा अनमोल लेख्छन्–यदि तिनीहरूले तपाइलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस् । यदि, तिनीहरूले तपाइलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरुको कार्यका कारण तपाइको राम्रो बानीलाई कम गर्न नदिनुहोस् । किनकी, तपाई आफैंको प्रतिनिधित्व गर्नुहुन्छ । अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’

अनमोलले साम्राज्ञी, स्वस्तिमा र कार्यक्रम संचालिका ओसिन सिटौलाको तस्विर राख्दै यस्तो भनाई सार्वजनिक गरेका हुन् ।