चर्को आलोचनापछि जसितासँग साम्राज्ञी र स्वस्तिमाले मागे माफि, कार्यक्रम भने हटेन
नायिका जसिता गुरुङले आपत्ति जनाएपछि नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । जसिताले सामाजिक संजालमा आपत्ति जनाएपछि नायिका स्वस्तिमा खड्काले प्रतिक्रिया दिँदै लेखेकी छिन्–‘मैले तिमीलाई चित्त दुखाएकोमा माफी चाहन्छु । यो एउटा रमाइलो खेल थियो र अचानक आयो । तिमी मेरो लागि सधैं नै एउटा राम्रो साथी हौं । मैले तिमीलाई जोडेकोमा माफी चाहन्छु ।’
यस्तै, साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले लेखेकी छिन्–‘हामीलाई प्रश्नहरूको द्रुत राउन्डमा एउटा स्थितिमा राखिएको थियो । हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ । तर, कुनै पनि तरिकाले हामीले तिमीलाई धम्क्याउने कोशिश पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’
साम्राज्ञी र स्वस्तिमाले जसितासँग मात्र माफी मागेका छन् । तर, उनीहरुले अन्य कलाकारहरूको व्यक्तिगत जीवनको बारेमा पनि अनावश्यक कुरा गरेका छन् । नायक अनमोल केसीले पनि आफूलाई अनावश्यक बिषयमा तानेको भन्दै आपत्ति जनाइसकेका छन् । तर, अनमोलसँग यी दुईले अझै माफी मागेका छैनन् ।
यस्तै, कार्यक्रम संचालिक ओसिन सिटौलाले पनि यो बिषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । कान्तिपुर टेलिभिजनमा अझै पनि यो कार्यक्रम यथावत् नै छ ।
प्रतिक्रिया