‘जेरीः अन टप’मा यस्तो छ अनमोलको लुक्स
फिल्म ‘जेरीः अन टप’को निर्माणपक्षले केन्द्रीय भूमिकामा देखिन लागेका नायक अनमोल केसीको लुक्स रिलिज गरेको छ ।
केही दिन अगाडि फोटोसुट गरेको निर्माणपक्षले सोमबार अनमोलको लुक्स रिलिज गरेको हो । एउटा आँखा चिम्लिएका अनमोल चकलेटी अवतारमा देखिएका छन् । उनको लुक्स हेर्दा उनी फिल्ममा चुलबुले भूमिकामा रहेको वुझ्न सकिन्छ ।
सरोज न्यौपाने र दीपक भण्डारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा अनमोल केसीको साथमा आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । फिल्मलाई त्रिकोणात्मक कथामा निर्माण गर्न लागिएको हो ।
फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । फिल्मको हाल प्रि–प्रोडक्शनको काम भइरहेको छ ।
फिल्म ‘जेरीः अन टप’को छायांकन साउनबाट गर्ने तयारी यसको निर्माणपक्षको छ । फिल्मलाई लुक्ला, मुस्ताङ, काठमाडौं लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् ।
प्रतिक्रिया