बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी

बलिउड नायिका सोनाक्षी सिन्हा बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, प्रेमी जहीर इकबालसँग विवाह गरेकी हुन् । सोनाक्षी र जहीर केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । 

उनीहरुले आफ्नो नजिकका आफन्त र साथीभाइलाई मात्र बोलाएर बिहे गरेका हुन् । बिहेपछि उनीहरुले पार्टी समेत दिएका थिए । बिहेको पार्टीमा भने बलिउड कलाकारहरूको बाक्लो उपस्थिति थियो । 

जाहिर पेसाले व्यापारी हुन् । फिल्म ‘नोटबुक’बाट उनले बलिउडमा डेब्यू गरेका थिए । यी दुईले फिल्म ‘डबल एक्सएल’मा पनि एकसाथ काम गरेका थिए । 

बिहेको सार्वजनिक भिडियोमा यी दुई निकै खुशी देखिएका थिए । बिहे अगाडि गलत रोजाइका कारण सोनाक्षीको बिहेमा उनका पिता र माता उपस्थित नहुने हल्ला समेत चलेको थियो । तर, बलिउड नायक शत्रुधन सिन्हाले छोरीको बिहे धुमधामसँग गरेका छन् ।