‘जेरीः अन टप’मा जसिता गुरुङको इन्ट्री

साउनको १ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘जेरीः अन टप’को कलाकारको लाइनअपमा नयाँ ट्विस्ट आएको छ । 

यो फिल्ममा नायक अनमोल केसी र नायिका आँचल शर्मा फाइनल भइसकेका छन् । यी दुई कलाकारले फिल्मको वर्कशप समेत सुरु गरिसकेका छन् । 

अब, यो फिल्ममा नायिका जसिता गुरुङको इन्ट्री भएको छ । फिल्मको निर्माणपक्षले नायिका जसिता गुरुङसँग आज फाइनल कुराकानी गरेको हो । अब, जसिताले पनि फिल्मको बिषयमा तयारी थालेकी छिन् । 

सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । फिल्मको प्रि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ । 

नायिका जसिता गुरुङले फिल्म ‘फर्की फर्की’मा नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन् । यो फिल्मपछि अनमोल र जसिताको जोडीलाई दर्शकले निकै रुचाएका थिए । अब, फिल्म ‘जेरीः अन टप’मा पनि जसिताको प्रवेश भएसँगै दर्शकका लागि तीन कलाकारको केमेष्ट्री विशेष हुने देखिन्छ । फिल्ममा दीपक भण्डारीको पनि लगानी रहनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । 

यो फिल्मका लागि नायिका आँचल शर्माले निकै मिहिनेत गरिरहेकी छिन् । आँचल फिल्मका लागि निकै गम्भीर छिन् । दुई नायिकाको बिषयमा निर्माता न्यौपानेले भने–‘यो फिल्ममा दुबै नायिका लिड भूमिकामा छन् । दुवैको भूमिका शक्तिशाली छ । यसपटक दर्शकले जेरीः अन टप हेर्दा थुप्रै कुराहरू पाउनुहुनेछ ।’

यो फिल्मलाई लिएर नायक अनमोल केसी पनि निकै उत्साहित देखिएका छन् । उनले फिल्मको कथावस्तु बलियो रहेको बताए । फिल्मको छायांकन काठमाडौं, मुस्ताङ र लुक्लामा गरिनेछ ।