रेखा र पूजा मिलेर ‘काली २’ बनाउने

फिल्म ‘उपहार’मा एकसाथ काम गरेका नायिकाद्धय रेखा थापा र पूजा शर्माले नयाँ फिल्ममा फेरि सहकार्य गर्ने भएका छन् । 

नायिका पूजा शर्माले आज ‘काली २’ निर्माणको घोषणा गरेकी हुन् । फिल्म ‘दान्भी’का लागि अष्टनारायण हल पुगेकी नायिका पूजाले रेखा थापासँग मिलेर ‘काली २’ बनाउन लागेको घोषणा गरेकी हुन् ।

पूजाले भनिन्–‘रेखा दिदी र मेरो आज बिहान यो बिषयमा फाइनल कुरा भएको हो । अब, हामी काली २ बनाउने तयारीमा छौं । दर्शकले अब केही समय प्रतीक्षा गर्नुपर्नेछ ।’

पूजाले आफूलाई रेखा थापाले हिम्मत दिएको समेत तर्क गरिन् । रेखा थापाको मुख्य भूमिका रहेको फिल्म ‘काली’ सुपरहिट भएको थियो ।

एक्सन प्रधान यो फिल्म भित्र रेखाको एक्सन अवतारलाई दर्शकले निकै रुचाएका थिए । 

नायिका पूजा शर्माले पनि फिल्म ‘दान्भी’मा दमदार एक्सन गरेकी छिन् । अब, यी दुई एक्सन नायिकाहरू ‘काली २’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् ।