‘फर्की फर्की’ र ‘जेरी २’ का निर्माताले किन भेटे संचारमन्त्री ?
फिल्म निर्माताद्धय सरोज न्यौपाने र रोहित अधिकारीले सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्मासँग आज भेटघाट गरेका छन् ।
यी दुई निर्माताले नेपाली फिल्मको सेन्सर भारतमा गर्नका लागि हुने गरेको झन्झटको बिषयमा मन्त्रीलाई जानकारी गराएका हुन् ।
नेपालमा हिन्दी फिल्मको सेन्सर एक दिनमै हुने गरेको छ । तर, भारतमा नेपाली फिल्मको सेन्सर गर्नका लागि निकै झन्झटिलो प्रक्रिया अपनाउनुपर्छ । यसका लागि २ महिना भन्दा बढी समय लाग्ने गरेको छ । यही बिषयमा मन्त्री शर्मालाई जानकारी गराइएको निर्माता सरोज न्यौपानेले मेरो फिल्मलाई जानकारी दिए ।
भारतमा नेपाली फिल्मको सेन्सर चाँडो हुने हो भने नेपाली निर्मातालाई भारतमा फिल्म रिलिजका लागि सहज हुने थियो । तर, भारतमा झन्झटिलो प्रक्रिया अपनाउनुपर्दा नेपाली निर्माताले दुःख व्यहोरिरहेका छन् ।
निर्माता रोहित अधिकारीले मन्त्री शर्मा यो बिषयमा निकै नै सकारात्मक रहेको र आफूले पहल गर्ने आश्वासन दिएको जानकारी दिए ।
निर्माता रोहित अधिकारीले बनाएको फिल्म ‘फर्की फर्की’ हलमा चलिरहेको छ भने निर्माता सरोज न्यौपाने फिल्म ‘जेरीः अन टप’ निर्माणको तयारीमा छन् ।
प्रतिक्रिया