विकेन्ड सकिएसँगै बक्स अफिसमा संघर्ष गर्दै कार्तिकको ‘चन्दु च्याम्पियन’

चार दिन लामो विकेन्डमा सुखद कलेक्शन गरेको फिल्म ‘चन्दु च्याम्पियन’ मंगलबारबाट भने कमजोर बनेको छ ।

आइतबार र सोमबारको बिदामा यो फिल्मले सुखद कलेक्शन गर्यो । तर, मंगलबार भने फिल्मको व्यापार ३.६० करोडमा झरेको छ । 

यो फिल्मले शुक्रबार ५.४० करोड, शनिबार ७.७० करोड, आइतबार ११.०१ करोड, सोमबार ६.०१ करोडको व्यापार गरेको थियो । तर, मंगलबार वर्किङ डेमा फिल्मको व्यापार ३ करोडमा झरेपछि यसको लाइफ टाइम कलेक्शन बलियो नहुने देखिएको छ । फिल्मले ५ दिनमा ३३.७२ करोडको नेट कलेक्शन गरेको छ । 

युवा स्टार मानिएका कार्तिक आर्यनको यो फिल्म बक्स अफिसमा असफल हुने दौडमा छ । यसले कार्तिकको करिअरमा समस्या उत्पन्न गर्ने देखिन्छ । कविर खान निर्देशित यो फिल्मका लागि कात्तिकले निकै मिहिनेत पनि गरेका थिए । तर, फिल्मलाई दर्शकले अपेक्षाकृत रुपमा साथ दिएनन् ।