‘श्रीमान्को टर्चर सहन गाह्रो भयो’ भन्दै फेसबुकमा गायिका मधुले पोखिन् पीडा

‘सोचे झै जिन्दगी रैनछ’ बोलको गीत गाएपछि गायिका मधु क्षेत्रीको चर्चा निकै भयो । तर, अष्ट्रेलियामा रहँदै आएका सुरेश खड्कासँग दोस्रो बिबाह गरेपछि उनले सांगीतिक क्षेत्र छाड्ने निर्णय गरिन् । उनी, श्रीमानसँगै अष्ट्रेलिया पुगिन् । 

विवाहपछि मधुले दिएको अन्तवार्ता हेर्ने हो भने पनि उनी निकै खुशी देखिन्थिन् । तर, अहिले भने उनको बैबाहिक जीवन नै संकटमा परेको छ ।

उनले, गतबर्षको डिसेम्बर महिनामा आफ्नी छोरी (पहिलो श्रीमानतर्फकी)लाई पनि अष्ट्रेलिया नै लिएर गएकी थिइन् । 

तर, अष्ट्रेलिया पुगेको केही समयमा नै उनीहरुको बैबाहिक जीवनमा खटपट आउन थाल्यो । एक अर्कामा उब्जिएको शंकाले उनीहरुको बैबाहिक जीवन नै संकटमा पारिदिएको छ । 

सामाजिक संजालमा लाइभ आएर मधुले आफ्नो बैबाहिक जीवन र श्रीमान्ले गरेको व्यवहारको बिषयमा रुदैं खुलासा गरेकी छिन् । 

उनले लाइभमा भनेकी छिन्–‘म उसको दाई भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन् । मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार । जे सुकै गर । त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु  भनेका छन् । उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’

उनले अगाडि भनेकी छिन्–‘मैले सुरेश खड्कासँग बिहे गरेपछि कुनै पनि केटालाई नराम्रो म्यासेज गरेको र बोलेको प्रमाण लिएर आए हुन्छ । मेरो विगतको बारेमा सबै कुरा उसलाई भनेको थिएँ । मलाई अष्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको छ ।’

आफूलाई सुरेशले कहिले पनि इज्जत दिएर नराखेको उनको आरोप छ । सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरुलाई बाहिर नल्याएको समेत मधुको भनाई छ । 

मधुले आफ्नो पीडा सार्वजनिक गर्दै गर्दा सुरेशले भने आफूले टिकटक नचलाउने भन्दै आफूलाई म्यासेज नगर्न आग्रह गरेका छन् । साथै, उनले एकतर्फी कुरा नसुन्न पनि आग्रह गरेका छन् ।