‘बुलाकी’ निर्देशकलाई लिएर सुशिलले ‘बन्दी’ बनाउने

पुराना निर्देशक सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । केही वर्षसम्म फिल्म नबनाइ मौन बसेका सुशील अब काम गर्न अग्रसर भएका हुन् । उनले, बनाउन लागेको फिल्मको नाम ‘बन्दी’ राखिएको छ । 

यो फिल्मलाई  ‘बुलाकी’ फिल्मका निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने पक्का भएको छ । हाल फिल्मको कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

यो फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । सुशिलले सामाजिक संजालबाट फिल्म निर्माण गर्न लागेको जानकारी दिएका हुन् । सुशिलले फिल्म ‘राधे’ निर्माण गरेपछि केही बर्ष ब्रेक लिएका थिए ।