अष्ट्रेलियामा केकीसँगै ‘बोक्सीको घर’को ५१ दिने सेलिब्रेशन

वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । 

यो फिल्मले ५१ दिनको सेलिब्रेशन गर्दै गर्दा नायिका केकी अधिकारी भने अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी केकीले फिल्मको ५१ दिने सेलिब्रेशन गरेकी छिन् । 

उनले, केक काट्दै फिल्मले ५१ दिन मनाएको खुशी साटेकी हुन् । साथै, सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै उनले फिल्मले ५१ दिन मनाएको भन्दै सबैलाई धन्यवाद समेत दिएकी छिन् । 

अष्ट्रेलियाको एक हलमा यो फिल्मको विशेष शो आयोजना गरिएको थियो । सोही शोको समयमा केकीले दर्शकहरुसँग बसेर केक काटेकी हुन् । 

सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेको दाबी निर्माताको छ । फिल्ममा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ ।