कार्तिकको ‘चन्दु च्याम्पियन’लाई उत्कृष्ट प्रतिक्रिया, तर औषत व्यापार

नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘चन्दु च्याम्पियन’ले समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यो फिल्मलाई समीक्षकहरूले उत्कृष्ट रेटिङ समेत दिएका छन् । 

कविर खान निर्देशित यो फिल्मले बक्स अफिसमा भने प्रतिक्रिया पाए जसरी धमाल मच्चाउन सकेको भने छैन । यो फिल्मले बक्स अफिसमा पहिलो दिन ५.४० करोडको मात्र ओपनिङ गरेको थियो ।

फिल्मको व्यापार शनिबार केही बढेको छ । दोस्रो दिन फिल्मले ७.७० करोडको व्यापार गरेको छ । दुई दिनमा फिल्मले १३.१० करोडको व्यापार गरेको छ । आइतबार र सोमबारको बिदामा फिल्मको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ । 

तर, यो फिल्मले समीक्षा पाए अनुसार बक्स अफिसमा कमाई नगरेको भन्दै समीक्षकहरूले दर्शकको स्वाद बदलिएको टिप्पणी  गरेका छन् । नेपालमा भने यो फिल्मको व्यापार निकै दयनीय छ ।