‘सिंघम ३’ आएपनि कार्तिक १५ मै ‘एक्टर’, राजवल्लभले सके डबिङ

तिहारमा बलिउडका ठूलो फिल्म ‘सिंघम ३’ आउने भएपछि नेपाली फिल्मको प्रदर्शनको क्यालेन्डर के होला भन्ने अड्कलबाजी भइरहेको थियो । तर, कार्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘एक्टर’ निर्धारित दिनमै रिलिज हुने भएको छ ।
यो फिल्मको हाल धमाधम छायांकन चलिरहेको छ । फिल्मका मुख्य कलाकार राजवल्लभ कोइरालाले भने डबिङ सकेका छन् । उनी, फिल्मको डबिङ सकेर आज नै अमेरिका फर्किने तयारीमा छन् ।
यो फिल्ममा नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझीको मुख्य भूमिका छ । थमन कुमार भण्डारीको निर्माणमा तयार भइरहेको फिल्ममा राजन भुसालको निर्देशन छ ।
यो बर्षको दशैं र तिहारमा ठूला हिन्दी फिल्म रिलिज हुँदैछन् । जसकाकारण, नेपाली फिल्मको रिलिज मितिमा फेरबदल आउने अनुमान भइरहेको छ । तर, फिल्म ‘एक्टर’ भने लक्ष्मी पूजाको दिनबाट नै रिलिज हुने भएको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया