‘बाटो’ले तारिफ पायो, दर्शक पाएन

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बाटो’को बिहिबार बेलुकी प्रिमियर गरियो । प्रिमियरबाट फर्किएका अधिकांश फिल्मीकर्मीले यसको मेकिङको तारिफ गरे । 

प्रचारप्रसार खासै नगरिएको यो फिल्मको फिल्मीकर्मीबाट त तारिफ भयो, तर यसले दर्शक भने पाएन । 

मदन थापाको निर्देशनमा तयार भएको यो थ्रीलर फिल्म हेर्न शुक्रबार र शनिबार नै हलमा दर्शक पुगेनन् । आजबाट फिल्मको शोजको भारी कटौती भएको छ । 

यो फिल्मका धेरै शहरका शोजमा दर्शक नभएपछि रद्द गरिएको थियो । मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको प्राविधिक पक्षको निकै तारिफ भएको थियो । 

तर, फिल्मको प्रचारमा यसको निर्माणपक्षले ध्यान दिएन । जसकाकारण, फिल्म दर्शकमाझ पुग्न सकेन । 

फिल्मले प्रिमियरमा तारिफ त पायो, तर हलमा दर्शक पाउन सकेन । जसकाकारण, निर्माणपक्षलाई ठूलो रकम घाटा लागेको छ ।