‘ज्वाइँसाब’मा काम गरिरहेका छन् जीतु, लाइनअपमा अझै दुई फिल्म

हाँस्य कलाकार जितु नेपाल फिल्मको मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । उनले, मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘ह्यारी कि प्यारी’ बक्स अफिसमा असफल भयो । तर, यसले उनलाई फरक पारेको छैन ।

उनी, एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । आज जन्मदिन मनाइरहेका जितु विगत केही सातादेखि फिल्म ‘ज्वाइँ साब’को छायांकन गरिरहेका छन् । यो फिल्मको छायांकन चित्लाङमा भइरहेको छ । 

यो फिल्मपछि जीतुको हातमा दुइवटा फिल्म छन् । जीतुले शुक्रबारमात्र फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा कलाकार केदार घिमिरे अनुबन्धित भइसकेका छन् । कमेडी, सस्पेन्स र थ्रीलर कथामा निर्माण हुने फिल्मलाई नेपाल र अष्ट्रेलियामा खिच्ने तयारी गरिएको छ । 

यस्तै, जीतुले फिल्म ‘कार्साङ’ पनि साइन गरिसकेका छन् । यो फिल्ममा उनी नायक दयाहाङ राईसँग देखिदैछन् । यसरीहेर्दा, जीतुको हातमा ३ वटा फिल्म छन् ।

‘छक्का पन्जा’को टिमबाट बाहिरिएपछि जीतुको करिअर के होला भन्ने अड्कलबाजी चलेको थियो । तर, जीतुले एकपछि अर्को फिल्म साइन गर्दै आफूलाई व्यस्त राखेका छन् । जीतुलाई जन्मदिनको धेरै धेरै शुभकामना ।