तिहारमा ‘सिंघम ३ र भुलभुलैयाँ ३’को भिडन्त, नेपालमा तरंग

अगस्त १५ तारिखबाट पोस्टपोन्ड भएको बलिउडको प्रतीक्षित फिल्म ‘सिंघम ३’ अब तिहारमा रिलिज हुने भएको छ । यसको निर्माणपक्षले आज फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो । 

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्ममा अजय देवगण, करिना कपुर, दीपिका पादुकोण, अर्जुन कपुर, टाइगर श्राफ लगायतका कलाकारको अभिनय छ । 

हिट फिल्मको सिक्वेल भएका कारण पनि दर्शकको प्रतीक्षामा यो फिल्म छ । यही मितिमा बलिउड फिल्म ‘भुलभुलैयाँ ३’ पनि रिलिज हुँदैछ । यो फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी लगायतका कलाकारको अभिनय छ । 

तिहारमा बलिउडका दुई ठूला फिल्म रिलिज हुने भएपछि नेपाली फिल्मको रिलिज मिति प्रभावित हुने देखिएको छ । यसले, नेपाली फिल्मीकर्मीमाझ तरंग पैदा गरेको छ । तिहारमा नेपाली फिल्म ‘एक्टर र ज्वाइँ साब’को प्रदर्शन मिति तय गरिएको छ । दुबै फिल्मको हाल धमाधम छायांकन भइरहेको छ । 

अब, दुई ठूला हिन्दी फिल्म रिलिज हुने भएपछि नेपाली फिल्मका निर्माता र वितरकले कसरी प्रदर्शनको चाँजोपाँचो मिलाउँछन्, हेर्न बाँकी छ ।