हलमा १० फिल्म, तर दर्शकको चाप कमजोर
आजबाट नेपाली हलमा एक नयाँ नेपाली फिल्मसहित १० वटा फिल्म प्रदर्शनरत छन् । आजबाट ‘चन्दु च्याम्पियन’ नामक हिन्दी फिल्म पनि रिलिज भएको छ । यी बाहेक केही बलिउड, केही हलिउड र केही नेपाली फिल्म पनि हलमा लागिरहेका छन् ।
हलमा सबै फिल्मको संख्या जोड्ने हो भने १० पुग्छ । फिल्म ‘गाउँ आएको बाटो’ दोस्रो सातामा प्रवेश गरेको छ । यस्तै, फिल्म ‘पुजार सार्की र फर्की फर्की’ चौथो सातामा प्रवेश गरेको छ ।
तर, हलमा १० फिल्म भएपनि दर्शकको चाप भने निकै कम छ । नयाँ हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’को अवस्था दयनीय नै छ । नयाँ नेपाली फिल्म ‘बाटो’मा पनि बिहानैबाट दर्शक छैनन् ।
यसरीहेर्दा, हल भरी फिल्म भएपनि दर्शकको नजर खासै नपरेको पक्का छ । भोलि शनिबार भएकाले पनि केही नेपाली फिल्मको व्यापार राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।
तर, पछिल्ला दिनमा दर्शकले भारत वा साउथका फिल्ममा पनि पहिलेको जस्तो मन गरेको पाइँदैन । यहीकारण, हलमा दर्शकको चाप कमजोर भएको मात्र छैन साना बजेटका हिन्दी फिल्म नेपालमा रिलिज गर्न प्रदर्शक पनि डराउन थालेका छन् ।
प्रतिक्रिया