कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’लाई उच्च शो, तर दयनीय बुकिङ

भोलिबाट रिलिजमा आउन लागेको हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’ले नेपालमा निकै राम्रो शोज पाएको छ । यो फिल्मका कारण हलमा दर्शकको राम्रो साथ पाइरहेको फिल्म ‘गाउँ आएको बाटो’को शोज खुम्चिएको छ । 

तर, यो फिल्मको बूकिङ भने दयनीय नै छ । अधिकांश हलमा यो फिल्मका लागि औँलामा गन्न  सकिने टिकट मात्र विक्री भएको छ । अधिकांश मल्टिप्लेक्समा १–२ वटा मात्र टिकट बिक्री भएको छ । यो फिल्मको भन्दा राम्रो बूकिङ भोलिबाट दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘गाउँ आएको बाटो’को छ । 

तर, प्रदर्शकहरुले भने फिल्मलाई राम्रैसँगै आशा गरेर शोज दिएका छन् । भोलि हलमा दर्शकले १० वटा फिल्म रोजेर हेर्न पाउनेछन् । तर, फ्रेस रिलिजको रुपमा रहेको हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’को बूकिङ हेर्दा नेपाली वितरकलाई राम्रै रकम घाटा हुने देखिन्छ । 

नेपाली प्रदर्शकले राम्रो शोज दिएपनि यसको बूकिङ छैन भने कम शोमा खुम्चिएको ‘गाउँ आएको बाटो’को बूकिङ राम्रो देखिएको छ ।