एनटीआरको ‘देभरा’ प्रि–पोन्ड, ‘पुष्पा २’ दशैंमा आउन लागेको हो ?

साउथ फिल्मको रिलिज मितिमा केही परिवर्तन भएको छ । साउथका सुपरस्टार जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्म ‘देभरा’को प्रदर्शन मिति केही साता प्रि–पोन्ड गरिएको छ ।

अब, यो फिल्म सेप्टेम्बर २७ तारिखमा रिलिज हुने पक्का भएको छ । अक्टुबर १० तारिखमा रिलिज मिति तोकिएको फिल्म दुई साता प्रि–पोन्ड भएको हो । 

कोरतला शिवाले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गरिएको छ । 

यो फिल्ममा जुनियर एनटीआरको साथमा जानवी कपुर, चैत्र राय, सैफअली खान, शाइन टाम चाको, मुरली शर्मा लगायतका कलाकारको अभिनय छ । यो फिल्मको फस्टलुकले नै हंगामा मच्चाइसकेको छ । 

दशैंमा आउने भनिएको यो फिल्म २ साता प्रिपोन्ड भएपछि अब दशैंमा अगस्ट महिनाबाट पोष्टपोन्ड भएको फिल्म ‘पुष्पा २’ रिलिज हुन लागेको चर्चा छ । अल्लु अर्जुनको मुख्य भूमिका रहेको बहुप्रतिक्षित यो फिल्मको नयाँ रिलिज मिति तोकिएको छैन । 

यी दुई फिल्मको प्रदर्शन मिति हेरफेर हुँदा नेपाली फिल्मको रिलिज मितिमा पनि प्रभाव पर्ने देखिन्छ ।