सन्नी देवलको ‘बोर्डर २’को निर्माण घोषणा

२७ बर्ष अगाडि नायक सन्नी देवलले अभिनय गरेको फिल्म ‘बोर्डर’ आज पनि चर्चामा छ । यो फिल्मले बक्स अफिसमा धमाका मच्चायो । फिल्मका गीतसंगीत आज पनि दर्शकको मानसपटलमा घुमिरहेका छन् । 

अब, २७ बर्षपछि यो फिल्मको सिक्वेल बन्ने भएको छ । निर्माणपक्षले आज औपचारिक रुपमा एक भिडियो सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । 

यो फिल्मलाई जीपी दत्त र भूषण कुमारले निर्माण गर्ने पक्का भएको छ । अनुराग सिंहको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति समेत आउँदो बर्षको जुन १३ तारिखलाई तोकिएको छ । 

सन्नीले अभिनय गरेको फिल्म ‘गदर २’ले बक्स अफिसमा धमाका मच्चायो । अब, अर्को हिट फिल्मको सिक्वेल पनि निर्माण हुने भएपछि सन्नी देवल उत्साहित छन् ।