‘पुष्पा २’ पोष्टपोन्ड, अब कहिले आउँछ ?

यो बर्षकै प्रतीक्षित साउथ फिल्म ‘पुष्प २’को प्रदर्शन मिति पछि सारिएको छ । यो फिल्मलाई अगस्ट १५ तारिखबाट रिलिज गर्ने तयारी गरिएको थियो ।

यसका लागि निर्माणपक्षले प्रचारलाई पनि अगाडि बढाइरहेको थियो । तर, अब काम नसकिएको भन्दै फिल्मको प्रदर्शन मिति पछि सारिएको छ । 

सुकुमारको निर्देशनमा तयार भइरहेको यो फिल्मले बक्स अफिसमा सुनामी ल्याउने आँकलन गरिएको थियो । यो फिल्मले नेपाली बक्स अफिसमा पनि धमाका मच्चाउने विश्लेषण धेरैको थियो । 

यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना लगायतका कलाकारको अभिनय छ । फिल्म ‘पुष्पा’ले बक्स अफिसमा धमाका मच्चाएका कारण यसको सिक्वेलको प्रतीक्षा दर्शकलाई निकै थियो । 

तर, अब यो फिल्मको प्रदर्शन मिति पछि सरेपछि कुन मितिमा रिलिज हुन्छ भन्ने प्रतीक्षा धेरैलाई छ । यो फिल्म रिलिज हुने मितिमा नयाँ नेपाली फिल्मको प्रदर्शन मिति तय गरिएको थिएन ।