दयाको फिल्मः अब पर्खिनुपर्छ

गतबर्षको जस्तो अवस्था भइदिएको भए, नायक दयाहाङ राईका फिल्मको लाइनअप चैत्रसम्मलाई प्याक भइसकेको हुन्थ्यो । दर्शकले कुन मितिमा कुन फिल्म आउँदैछ भन्ने थाहा पाइसकेका हुन्थे । निर्माताहरुबिच त दयाकै फिल्म जुधाउने होडबाजी चलिरहेको हुन्थ्यो । 

तर, समय परिवर्तन भएको छ । एकै बर्ष ९ वटासम्म फिल्म रिलिज हुँदा दया देखेर दर्शक नै दिक्क भए । त्यसैको असर, उनले अभिनय गरेर यो बर्ष रिलिज भएका फिल्ममा परिरहेको छ । 

यदि त्यस्तो हुन्थेन, भने ‘डिग्री माइला, मनसरा र गाउँ आएको बाटो’ले अझै राम्रो कमाई गर्ने थिए । तर, असारको २८ गते रिलिजमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’लाई छाड्ने हो भने दयाको नयाँ फिल्म कुन रिलिज हुँदैछ भन्ने तय भएको छैन । उनले अभिनय गरेको ‘राजागन्ज र घर ज्वाइँ’ मात्र अब रिलिजको लागि तयार छन् । 

यसैले, अब दर्शकले दयाका फिल्म पर्खिनुपर्ने अवस्था श्रृजना हुँदैछ । दयाले यो बर्ष फिल्मलाई भन्दा बढी मण्डला थिएटरलाई समय दिने तयारी गरेका छन् । यो आफैंमा उनको लागि भने सुखद कुरा हो । 

‘कार्साङ’ नामक फिल्मको छायांकन सकिनुपर्ने हो । तर, दयाकै कारण फिल्मको छायांकन भदौसम्म पुगेको छ । 

एक वर्षसम्म गरेको गल्तीका कारण नायक राईको करिअर नै उथलपुथल भएको छ । अब उनको लागि ‘कबड्डी ५’ सशक्त हतियारको रुपमा छ ।

वुझिएअनुसार, नयाँ बर्षमा यो फिल्मलाई रिलिज गर्ने गरि काम भइरहेको छ । 

दयाका फिल्म अब दर्शकले पर्खिनुपर्नेछ । यस्तो अवस्थामा, ती फिल्मको व्यापारिक आँकडामा परिवर्तन आउँछ या आउँदैन हेर्न बाँकी छ ।