फिल्म क्षेत्रलाई मिस गरेका राजवल्लभ उत्साहित

नेपाल आएको भोलिपल्टदेखि नै नायक राजवल्लभ कोइराला फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त छन् । हरेक दिन सामाजिक संजालमा उनले फिल्म छायांकनका दृश्यहरु सार्वजनिक गरिरहेका छन् ।
राजवल्लभ लामो समयपछि सिने क्षेत्रमा फर्किन पाउन उत्साहित देखिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘काम बबाल हुँदै छ । निकै राम्रो टिम र मीठो अनुभव । धेरै मिस गरेको थिएँ यो सिने संसार । अनि, तपाइहरु माझ यो कोशेली पस्किन आतुर छु । तपाइलाई पक्कै पनि मन पर्छ ।’
राजवल्लभ फिल्मको टिम र काम गराई देखेर पनि खुशी भएको उनको स्टाटसबाट बुझ्न सकिन्छ । फिल्म ‘पर्खि बसेँ’बाट उदाएका यी नायकले कुनै समय फिल्म क्षेत्रमा राम्रो क्रेज बनाए । तर, निरन्तर फिल्म असफल हुँदै गएपछि उनी हलिउड फिल्म छायांकनका क्रममा अमेरिका पुगेका थिए । यसपछि, उनी दर्शकमाझ आएका छैनन् ।
तर, अब भने फिल्म ‘एक्टर’बाट दर्शकमाझ आउन पाउँदा उनी उत्साहित देखिएका छन् । यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया