राजन र टिकाको ‘फेरि भेट होला नी’ सार्वजनिक

राजनराज शिवाकोटी र टीका सानुको आवाजमा रहेको नयाँ गीत 'फेरि भेट कहिले होला नी' सार्वजनिक भएको छ।  टीकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् ।

विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्।  

भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्।  मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।