‘दयारानी’ निर्देशन गुरुङ अब ‘पेन्सनपट्टा’ बनाउँदै

गतबर्ष फिल्म ‘दयारानी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक माओत्से गुरुङले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । 

उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘पेन्सनपट्टा’ राखिएको छ । फिल्ममा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी उनको छ । 

यो फिल्मका लागि कुनै पनि कलाकार तय नगरिएको निर्माणपक्षले बताएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको हो । 

माओत्सेको माग अभिनयमा पनि निकै छ । अधिकांश हिट फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।