दुई स्टारसँग सफलता कुरिरहेकी आना

नायिका आना शर्मा लामो समयदेखि सफलता कुरिरहेकी छिन् । फिल्म ‘जेरी’मा काम गरेपछि उनले पाएको सफलता अहिले कमजोर बनेको छ । उनले काम गरेका केही फिल्मले दर्शकको साथ नपाउँदा उनको करिअर पनि अलमलमा पर्यो ।
तर, अब भने आनाको करिअर ब्याउन्स ब्याक हुने संभावना छ । किनकी, उनी नेपाली फिल्म क्षेत्रका दुई स्टार नायकहरूसँग काम गर्दैछिन् ।
आना नायक प्रदीप खड्कासँग फिल्म ‘एक्टर’मा काम गरिरहेकी छिन् । यो फिल्मको छायांकन सुरु भएको केही साता भयो । फिल्मलाई कार्तिकमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । फिल्म ‘पुजार सार्की’ चलेपछि उत्साहित भएका नायक प्रदीप खड्काका लागि यो फिल्म विशेष छ । प्रदीप र आनाको जोडी पनि दर्शकका लागि प्रतीक्षामा रहनेछ ।
अब, केही दिनमा नै आना नायक अनमोल केसीसँग फिल्म ‘जेरी अन टप’मा काम गर्दैछिन् । यो फिल्ममा अनमोल केसी, आना शर्मा र आँचल शर्मा फाइनल भइसकेका छन् ।
निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । अनमोलसँग ‘जेरी’मा काम गरेपछि आनाको करिअर उचाइमा पुगेको थियो । अब, उनी फेरि दर्शकमाझ अनमोलसँग नै पर्दामा देखिदैछिन् ।
आनाले साइन गरेका केही फिल्मको निर्माण नै भएन । जसलेगर्दा, उनलाई घाटा लाग्यो । तर, अब भने उनी अनमोल र प्रदीपसँग पर्दा शेयर गर्दै सफलता पर्खिरहेकी छिन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया