साम्राज्ञीको ओरालो यात्रा
आफूले करिअरको सुरुवातका दिनमा काम गरेका फिल्मबाट सकारात्मक अनुभव नबटुलेको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तर्क थियो । उनले, आफूले करिअरको सुरुवातमा नराम्रा फिल्म मेकरसँग काम गरेको तर्क मेरो फिल्मसँग गरेकी थिइन् ।
यहीकारणले, आफूले केही समय फिल्म क्षेत्रबाट ब्रेक लिएको उनले बताएकी थिइन् । उनै, साम्राज्ञीको नयाँ फिल्म ‘लण्डन टू पेरिस’ शुक्रबारदेखि रिलिजमा आएको छ । एक बर्ष भन्दा लामो समय पर्दामा नदेखिएकी साम्राज्ञीलाई यसपटक दर्शकले पर्दामा रुचाउने अपेक्षा गरिएको थियो । तर, शुक्रबार र शनिबार नै साम्राज्ञीको स्टारडम चम्कन सकेन । उनका अघिल्ला फिल्मको भन्दा पनि कमजोर व्यापार यो फिल्मले गर्यो ।
यसले, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम झनै कमजोर बनेको विश्लेषण हुन थालेको छ । साम्राज्ञीको हातमा अब ‘रुमानी रंगहरु’ नामक फिल्म मात्र छ । यो फिल्मको छायांकन केही सातापछि सुरु हुन लागेको वुझिएको छ ।
अब, साम्राज्ञीलाई यही फिल्मको मात्र आशा छ । किनकी, उनको हातमा नयाँ फिल्म पनि छैन । निरन्तर बक्स अफिसमा फिल्म असफल भएपछि उनीमाथि लगानी गर्न मेकरहरु पनि अब सहजै तयार हुने छैनन् । यस्तो अवस्थामा उनलाई आफ्नो स्टारडम फर्काउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
निर्देशक शोभित बस्नेतले साम्राज्ञीलाई राम्रा फिल्म मेकरलाई गाली गरेर नबस्न सुझाव दिएका छन् । उनले भने–‘म साम्राज्ञीको प्रशंसक हुँ । तर, उनले फिल्म मेकरहरुलाई गाली गरेर बस्न हुँदैन ।’
प्रतिक्रिया