स्टारले फिल्म नखेल्दा स्टार चाहिदैन भन्ने बहस उब्जियोः शोभित बस्नेत
एक महिना अगाडि नेपाली फिल्म क्षेत्रमा एउटा बहस निम्तियो । अब फिल्मको विषयवस्तु नै बलियो हुनुपर्छ, स्टार चाहिँदैन भन्ने बहस खुबै उठ्यो । केही फिल्मीकर्मीले त स्टारलाई महँगो पारिश्रमिक किन दिनुपर्यो भनेर तर्क समेत गरे ।
तर, फिल्म ‘फर्की फर्की र पुजार सार्की’को बहसले फेरि एकपटक स्टारको महत्व झल्काइदिएको छ । निर्देशक शोभित बस्नेत, स्टार चाहिँदैन भन्ने बहसलाई स्वभाविक मान्छन् । उनले भने–‘फिल्मको विषयवस्तु शक्तिशाली त हुनैपर्छ, तर स्टार पनि चाहिन्छ । स्टारहरूले फिल्म नखेल्दा यस्तो बहस भएको हो । अनमोल केसी, प्रदीप खड्का, पल शाहहरूले फिल्म नै खेलेका थिएनन् । यसैले, फिल्म क्षेत्रमा स्टार चाहिन्छ कि चाहिँदैन भन्ने दोधार थियो ।’
उनले, स्टार चाहिन्छ भन्ने उदाहरण ‘फर्की फर्की र पुजार सार्की’ले देखाइदिएको बताए । विषयवस्तु र स्टार दुबै हुँदा फिल्मलाई निकै फाइदा हुने उनको तर्क छ ।
जेठको १० गतेबाट रिलिजमा आएका दुई फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले तेस्रो साताको शनिबार पनि राम्रो व्यापार गरे । अनमोल केसी, पल शाह, प्रदीप खड्का जस्ता कलाकारको स्टारडम फेरि चम्कियो । जसलेगर्दा, फेरि यतिबेला फिल्ममा स्टार चाहिन्छ भन्ने बहस सुरु भएको छ ।
प्रतिक्रिया