प्रकाश सपुतको दृश्य खिच्दै सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन
सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । ओखलढुंगाको रुम्जाटारबाट यो फिल्मको छायांकन सुरु भएको निर्माणपक्षले बताएको छ ।
फिल्मको पहिलो दिन मुख्य कलाकार प्रकाश सपुत र बाल–कलाकार जान्भि पौडेलले अभिनय गरे । यो फिल्ममा विजय बराल, मुकुन भुसाल, अन्जना बराइली लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
यस्तै फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भइरहेको यो फिल्मलाई गन्धर्व परिवारको कथामा निर्माण गर्न लागिएको हो । यो फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानीमा तयार भइरहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । फिल्मलाई आउँदो बर्ष मात्र रिलिज गर्ने तयारी निर्माताको छ ।
प्रतिक्रिया