‘म लेडी टाइगर होइन, बेबी टाइगर हो’: स्वस्तिमा खड्का

केही दिन अगाडि निर्देशक तथा निर्माता सन्तोष सेनले नायिका स्वस्तिमा खड्कालाई ‘लेडी टाइगर’को उपमा दिए । फिल्म ‘बेहुली फ्रेम मेघौली’को पोस्टर सार्वजनिक गर्दै सन्तोष सेनले स्वस्तिमालाई ‘लेडी टाइगर’को उपमा दिएका थिए । 

यो बिषयमा नायिका स्वस्तिमा खड्काको कुनै पनि प्रतिक्रिया आएको थिएन । तर, बुधबार फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा पुगेकी नायिका स्वस्तिमा खड्काले आफूलाई ‘लेडी टाइगर’ नभन्न आग्रह गरिन् । उनले भनिन्–‘म बाहेक अरु जो हो, खतरा हो ।’

यता, स्वस्तिमाले आफू बाहेक अरु जो हो खतरा हो भनिरहेको समयमा निश्चलले भने स्वस्तिमा आफ्नो ‘बेबी टाइगर’ भएको तर्क गरे । 

यसपछि, स्वस्तिमाले भनिन्–‘म लेडी टाइगर होइन, बेबी टाइगर हो ।’ स्वस्तिमाले आफू बाहेक जो हो उही नै खतरा भएको तर्क गर्दै यो बिबादलाई किनारा लगाइदिएकी छिन् । साथमा, स्वस्तिमालाई ‘लेडी टाइगर’ भनेका सन्तोष सेनले पनि स्टाटस हटाएका छन् ।