सुदर्शनलाई दुई दिन हिरासतमा राख्न अनुमति, ‘रावायण’को छायांकन प्रभावित
फिल्म ‘रावायण’को सुटिङ सेटबाट पक्राउ परेका निर्देशक सुदर्शन थापालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । योसँगै निर्देशक थापा अझै दुई दिन प्रहरीको हिरासतमा नै रहने छन् ।
उनलाई सोमबार प्रहरीले फिल्मको छायांकन सुरु गर्न लागेको समयमा पक्राउ गरेको थियो । फिल्म ‘प्रसाद २’को विवादमा सुदर्शन पक्राउ परेका हुन् ।
आफुहरुको मञ्जुरीविना नै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर १ करोड ५० लाख ठगी गरेको आरोपमा निर्माताद्धय सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । गतबर्षको साउन १० गते उनीहरुले उजुरी दिए पनि सुदर्शनलाई प्रहरीले खोजिरहेको थियो ।
सुदर्शन पक्राउ परेसँगै फिल्म ‘रावायण’को छायांकन भने प्रभावित बनेको छ । सर्लाही र हेटौंडाको छायांकन सकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको केही दिन भइसकेको छ । तर, काठमाडौंको छायांकन अझै सुरु हुन सकेको छैन । वुझिएअनुसार, फिल्मको छायांकन अझै ३० प्रतिशत बाँकी छ ।
फिल्मको प्रदर्शन मिति समेत भदौ २१ लाई तोकिएको छ ।
प्रतिक्रिया