‘१२ गाउँ’का लागि विराजले भारतबाट बोलाए द्धन्द्ध निर्देशक

छायांकनमा रहेको फिल्म ‘१२ गाउँ’का लागि नायक तथा निर्देशक विराज भट्टले बलिउडबाट एक्सन निर्देशकलाई बोलाएका छन् । यो फिल्मको चितवनमा छायांकन भइरहेको छ । यो फिल्ममा विराजका छोरा समीर भट्टले पनि मुख्य भूमिकामा काम गरिरहेका छन् । 

छोरा समीरको एक्सनलाई अझै शक्तिशाली बनाउनका लागि विराजले बलिउडबाट सिल्भा मास्टरलाई बोलाएका हुन् । सिल्भाले नेपालका एक्सन निर्देशकहरू शंकर महर्जन र देव महर्जनसँग मिलेर समीरका लागि एक्सनको कोरियोग्राफी गरिरहेका छन् । सिल्भाले बलिउड तथा साउथ निर्देशक ‘रोवट २.०, साहो, माही’ लगायतका फिल्ममा एक्सनको कोरियोग्राफी गरिसकेका छन् । 

यो फिल्मको चितवनपछि हेटौंडामा छायांकन हुने । विराजका छोरा समीर भट्टको साथमा न्यान्सी खड्का र मोडल सनिसा भट्टराईले यो फिल्ममा काम गरिरहेका छन् । 

४५ दिनको सेड्यूलमा फिल्मको छायांकन भइरहेको छ । महेश पौडेलको छायांकन रहेको फिल्ममा सन्तोष सरकारको कथा छ । एक्सन थ्रीलर जनरामा यो फिल्म बनिरहेको छ । 

यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । तर, यो फिल्मलाई दशैंमा रिलिज गर्ने मनस्थिति निर्माणपक्षले बनाएको वुझिएको छ ।