अनमोलको सफलतामा आमा सुस्मिताले सौराहामा काटिन् केक
नायक अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ बक्स अफिसमा हिट हुने दौडमा छ । यो फिल्मले पहिलो सातामा बक्स अफिसमा आक्रामक कमाई गर्यो । फिल्मको सफलताले नायक अनमोल केसीको करिअरलाई नयाँ उचाइमा पुर्याइदिएको छ । अहिले, उनलाई बधाईको ओइरो लागेको छ ।
अनमोलको फिल्म सफल भइरहँदा उनकी आमा सुस्मिता सोनीले भारतको सिलिगुडीबाट नवलपरासीको कावासोती आएर फिल्म हेरेकी छिन् । उनले, छोराको फिल्म हेरेर आफू खुशी भएको बताइन् । यतिमात्र होइन, फिल्म हेरेपछि उनले सौराहामा पुगेर फिल्म सफलताको केक काटिन् ।
उनले, केही साथीभाइको साथमा केक काटेर खुशी मनाइन् । सुस्मिताले आफूलाई छोरा अनमोलको सफलता हेर्न मन लागेको बताइन् । उनले भनेकी छिन्–‘मलाई छोराबाट अरु केही आशा छैन । उसको सफलतामा रमाउन पाएँ पुग्छ ।’
उनले, आफ्नो छोराले बलियो कमब्याक गरेको भन्दै खुशी मनाइन् । अनमोलको अभिनयमा समेत निकै प्रगति भएको भन्दै सुस्मिता खुशी देखिइन् ।
नेपाल तथा विदेशमा समेत यो फिल्मले सुखद कमाई गरिरहँदा अनमोलका प्रशंसकहरू पनि निकै खुशी छन् ।
प्रतिक्रिया