अनी फिल्म पनि लण्डनमै रिलिज गर्दा भयो त गरिमाजी ?

फिल्मको प्रचार सामाग्रीले दर्शकको मन नछोएपछि जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को निर्माणपक्ष तनाव छ ।अझ, फिल्मको व्यापारले कलाकारलाई पर्ने प्रभाव त छँदै छ ,। 

घनश्याम लामिछाने निर्देशित यो फिल्मले दर्शकको ध्यान तान्न सकिरहेको छैन । यही समयमा यो फिल्मकी नव–नायिका गरिमा शर्माले  दिएको एक अभिव्यक्तिमा ध्यान दिन आवश्यक छ । 

उनले, फिल्म हेर्नका लागि अहिले नेपालमा दर्शक नै नभएको तर्क गरेकी छिन् । ‘लण्डन टू पेरिस’ नाम किन दिइयो भन्ने प्रश्नमा उनले काठमाडौं टू पोखरा नाम राखेर फिल्म बनाउने हो भने पनि अहिले नेपालमा युवा दर्शक नै नभएको तर्क गरिन् । अहिले यस्ता फिल्महरू हेर्ने सबै दर्शक लण्डन, पेरिसतिर पुगिसकेको तर्क गरेकी छिन् । 

उनले, यसो भन्दै गर्दा अब ‘लण्डन टू पेरिस’ पनि लण्डनतिर नै रिलिज गर्दा भइहाल्यो नी भन्ने प्रश्न उब्जन्छ । गरिमाले अब यो बोल्न नजानेर बोलिन् या सोचेर बोलिन्, यो उनले नै जान्ने कुरा भयो । 

तर, नेपाली फिल्मलाई नेपालका दर्शकले उच्च साथ दिइरहेको समयमा गरिमाले भने नेपालमा नेपाली फिल्म नै नहेर्ने दर्शक नभएको तर्क गरेकी छिन् । 

साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का लगायतका कलाकारको अभिनय रहेको यो फिल्म रिलिज हुन केही दिन मात्र बाँकी छ । तर, फिल्मप्रति दर्शकको ध्यान नहुँदा यसको ओपनिङ व्यापार कस्तो हुने हो भन्ने चासो फिल्म वृत्तमा छ ।