बजेटमा फेरि समेटियो फिल्म स्टूडियो निर्माणको बिषय

मंगलबार संघीय संसदमा आर्थिक बर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माणको सुरुवात गरिने बताएका छन् । 

बजेटमा दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तराष्ट्रिय फिल्म सिटी निर्माण गरिने उल्लेख गरिएको छ । 

सरकारले फिल्म स्टुडियो बनाउनका लागि लामो समयदेखि बजेट छुट्याउँदै आएको छ । तर, अझै पनि स्टुडियो निर्माणको काम अगाडि बढ्न सकेको छैन । तर, बनेपामा स्टुडियो बनाउनका लागि केही महिना अगाडि मात्र वन कार्यलयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरिसकेको छ ।

यसैले, पनि अब स्टुडियो निर्माणको काम सुरु हुने अपेक्षा गर्न सकिन्छ । फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताहरुले गत महिना आयोजित लगानी सम्मेलनमा चासो समेत देखाएका थिए ।