जापानमा पलसँगै १५ सय दर्शकले हेरे ‘पुजार सार्की’

बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘पुजार सार्की’को जापानमा ऐतिहासिक शोज भएको छ । जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५ सय दर्शकले एकसाथ फिल्म हेरेका छन् । 

यो शोमा सहभागी हुनका लागि नायक पल शाह र लेखक विकास सुवेदी जापान पुगेका थिए । नाकानो जेरो हलमा भएको शोमा नै बसेर नायक शाहले फिल्म हेरेका थिए । 

पल शाह जापान पुगेपछि दर्शकको भिड लागेको थियो । उनीसँग तस्विर खिचाउनका लागि दर्शकको भिड देखिन्थ्यो । 

यो शोपछि जापानमा अन्य ४ वटा शोहरु समेत गर्न लागिएको वितरकले बताएका छन् । यो शोका मुख्य आयोजक खिमराज शाहले जापानमा फिल्मले इतिहास कायम गरेको बताए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुको मुख्य भूमिका छ । सुवास भुसालले निर्माण गरेको यो फिल्मको अन्तराष्ट्रिय वितरण भने एमएसएम इन्टरटेन्मेन्टले गरेको हो ।