मह जोडीले किन मागे माफी ?

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक संजालबाट माफी मागेका छन् । 

अदालतमा विचाराधीन एक मुद्दाको विषयमा बोलेपछि उनीहरुको चौतर्फी आलोचना भएको थियो । चौतर्फी आलोचना भोगेपछि उनीहरुले हात जोडेर माफी मागेका हुन् । 

केही समय अगाडि उनीहरुले ‘कैलाश सिरोहिया पक्राउ’को विषयमा बयान  दिएका थिए । उनीहरुले, सिरोहिया पक्राउ गर्नु गलत भएको बताएका थिए । तर, यो विषयमा सामाजिक संजालमा चौतर्फी आलोचना भएपछि उनीहरुले फेसबुकबाट एक भिडियो सार्वजनिक गर्दै माफी मागेका हुन् । 

उनीहरुले, अदालतमा विचाराधीन विषयमा आफूहरूले नबोलेको भए हुन्थ्यो भन्दै आफ्नै मान्छे सम्झिएर माफी दिन आग्रह गरेका छन् । 

हाल अष्ट्रेलियामा रहेका यी दुई कलाकारले नेपालमा रहँदा अपर्झट बोल्ने प्रस्ताव आएपछि के बोल्ने भनेर सुरुमा दोधारमा परेको बताएका छन् । तर, यो विषयमा आफूहरूले बोल्न नहुने थियो भनेर मह जोडीले गल्ती स्विकार समेत गरेका छन् ।