रिलिजको तेस्रो दिन ‘फर्की फर्की र पुजार सार्की’को बिष्फोटक व्यापार
जेठको १० गतेबाट रिलिजमा आएका दुई नेपाली फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले आक्रामक व्यापारलाई आज पनि निरन्तरता दिइरहेका छन् ।
रिलिजको तेस्रो दिन शनिबार बिहानैबाट दर्शकको उच्च अकुपेन्सी हलमा छ । मध्यान्नपछिका शोमा त दर्शकको शत प्रतिशत अकुपेन्सी हलमा देखिएको छ ।
यी दुबै फिल्मले दर्शकको उच्च साथ पाउँदा कलाकारहरू पनि हल–हलमा पुगिरहेका छन् । फिल्म ‘फर्की फर्की’का नायक अनमोल केसी र नायिका जसिता गुरुङ आज तेस्रो दिन पनि हलमा पुगिरहेका छन् । दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदा अनमोल र जसिता खुशी देखिएका छन् ।
यो फिल्मले शनिबार देशैभरका हलमा बिष्फोटक व्यापार गर्दा निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी खुशी देखिएका छन् । दर्शकले समेत फिल्मलाई निकै मन पराएपछि यसको टिमले दर्शकसँगै बसेर सेलिब्रेशन गरिरहेको छ ।
यता, बिहिबारदेखि नै रिलिजमा आएको फिल्म ‘पुजार सार्की’को पनि आक्रामक व्यापार बिहानैदेखि छ । फिल्मका मुख्य नायक प्रदीप खड्का दुई नायिका अन्जना बराइली र आर्यन सिग्देलको साथमा हल पुगिरहेका छन् । उनले, दर्शकको वर्ड अफ माउथ बलियो रहेकाले आगामी दिनमा पनि फिल्मले राम्रो व्यापार गर्ने विश्वास गरे ।
शनिबार बिहान भक्तपुरको क्यूएफएक्स हलमा नायक अनमोल केसी र प्रदीप खड्का नै पुगे पनि दुइको भेटघाट भने भएन ।
यो बर्ष लागेपछि नेपाली फिल्मले निरन्तर रुपमा सुखद व्यापार गरिरहेका छन् । यसैबिच, बिहिबारबाट रिलिजमा आएका दुई फिल्मको व्यापारले उत्साह झनै बढाएको छ ।
प्रतिक्रिया