कान्समा पुगेकी प्रियंकाको पहिरनको चर्चा

नायिका प्रियंका कार्कीको पहिरन फेरि चर्चामा छ । ‘कान्स फिल्म फेस्टिभल’मा उनले लगाएको पहिरनले चर्चा पाएको हो । 

आफ्ना श्रीमान् आयुष्मान देशराज जोशीको साथमा प्रियंका कान्सको गालामा सहभागी भएकी थिइन् । सामाजिक संजालमा उनले पोस्ट गरेको भिडियोले चर्चा पाइरहेको छ । 

सेतो गाउनमा देखिएकी प्रियंकाको पहिरनले सामाजिक संजालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । 

तस्विर खिचाउनका लागि चेकर बोर्डमा पुगेकी प्रियंकाले पहिरन मिलाउँदै पोज दिएकी छिन् । 

प्रियंकालाई सामाजिक संजाल प्रयोगकर्ताले नेपाली राष्ट्रिय पोशाक लगाउनुपर्ने सुझाव दिएका छन् । कतिपयले उनको सुन्दरता र बोल्ड अवतारको पनि चर्चा गरेका छन् । 

केही बर्ष अगाडि पनि प्रियंका ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने चर्चा भयो । उनी, पेरिस पनि पुगिन् । तर, रेड कार्पेटमा उनको तस्विर नआएपछि व्यापक आलोचना पनि भएको थियो ।