‘सानो संसार’ निर्माणको घोषणा, ‘माग्ने बुढा’की श्रीमतीको फिल्ममा डेब्यू
अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘सानो संसार’को शुभसाइतसँगै छायांकन सुरु गरिएको छ ।
यो फिल्मबाट कलाकार केदार घिमिरेकी श्रीमती सीतादेवी तिमल्सिनाले फिल्म अभिनयमा डेब्यू समेत गरेकी छिन् । यो फिल्ममा उनी शीर्ष भूमिकामा देखिन लागेकी हुन् ।
कार्यक्रममा उपस्थित भएका कलाकार केदार घिमिरेले कलाकारको रुपमा आफूले श्रीमतीलाई सहयोग गर्ने वाचा गरे । सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जना रिसाल र शिशिर सिवाकोटीको मुख्य भूमिका छ ।
यो फिल्मले सानो परिवारको रमाइलो कथा प्रस्तुत गर्ने निर्माता कुमारको भनाई छ । यो फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ । फिल्मलाई काठमाडौं र आसपासका क्षेत्रमा खिचिनेछ ।
शंकर पाण्डे यो फिल्मका निर्माण नियन्त्रक हुन् । निर्माता कुमारले यो फिल्म स्टारले भन्दा पनि विषयवस्तुले चल्ने दाबी गरे ।
प्रतिक्रिया