चलचित्र पत्रकारिता दिवस र २५ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार सम्मानित

चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले फिल्म पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई सम्मान गरेको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा सोमबार राजधानीमा चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । सोही अवसरमा सोमबार उपप्रधानमन्त्री महासेठले फिल्म पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई ५५ हजार ५५५ रुपैयाँसहित सम्मानित गरिएको छ । 

यस्तै, जनही ५१ हजार रुपैयाँ सहित न्युज २४ टिभीका फिल्म पत्रकार सुरज खड्का र स्वतन्त्र फिल्म पत्रकार अशेषअधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन् ।

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका पत्रकार राज श्रेष्ठलाई सम्मानित गरिएको हो ।

यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट दाङमा रहेर सक्रिय रुपमा फिल्म पत्रकारिता गर्दै आएका शिब पुनलाई २५ हजार रुपैयाँ र पुरस्कारपत्र सहित सम्मान गरेको हो। 
 
यसैगरी २५ हजार रुयैयाँ राशी सहित यो वर्षको रास्ट्रीय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरिएको हो। 

संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर केही कला पत्रकारलाई रजतवर्ष सम्मान पनि गरिएको हो । समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका फिल्म पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी फिल्म पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत बर्षको अबसरमा सम्मानित भए । ७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । 

चलचित्र पत्रकार संघको यो उत्सवलाई सहयोग गरेको भन्दै समारोहमा विभिन्न फिल्म निर्माण कम्पनी तथा सहयोगीहरुलाई कदरपत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्मान गर्दै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रुघुबीर महाशेठले सत्य हरिश्चन्द्रबाट नेपाली फिल्मको शुभारम्भ दार्जिलिङबाट भएको बताए । आफुले बाल्यकालमा जानकी मन्दिरको प्राँगनमा श्यामश्वेत रँगको पहिलो नेपाली फिल्म आमा हेरेको स्मरण गर्दै नेपाली फिल्म अहिले निकै सम्पन्न भईसकेको जिकिर गरे । उनले फिल्मी पत्रकारहरुलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्नेछु भने ।

कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली फिल्मकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई,चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, फिल्म तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा फिल्मकर्मीहरु थिए ।

चलचित्र उद्योगको वस्तिार र प्रवद्र्धननमा फिल्म पत्रकाहरुको पनि त्यत्तिकै ठुलो योगदान रहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए।

अग्रज फिल्म पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको भन्दै संघका अध्यक्ष समीर बलामीले फिल्मा पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता जनाए।