जेठ १५ बाट छायांकनमा जाँदै 'ऊनको स्वीटर'

निर्देशक नवीन चौहान निर्देशित फिल्म 'उनको स्विटरको' आगामी जेठ १५ गतेबाट छायांकन हुने भएको छ। यो फिल्मको वितरक फाइनल भएसँगै निर्माण टिमले फिल्मको जेठ १५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरेको हो। 

पाँचथरका विभिन्न स्थानमा छायांकन गरिने यो फिल्मको उपत्यका र मोफसल वितरणका लागि वितरकहरूले सम्झौता भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको माफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रीब्युशन प्रा.लि सँग सम्झौता गरेको हो।  

यो वर्षको शरद ऋतुमा प्रदर्शन गरिने निर्माणपक्षको तयारी छ। निर्देशक चौहानकै लेखन रहेको यो फिल्ममा, सह-लेखन सुरज कटुवाल, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र  कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहने यो फिल्ममा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ। त्यस्तै, यो फिल्ममा सुरज तमुको कास्टिङ निर्देशन, चिन्तनराज भण्डारीको सिनेमाटोग्राफर र काजी राना प्रोडक्सन डिजाइनमा छन्। 
 
आर्टमान्डूले निर्माण गर्ने यो फिल्मलाई  कृष्ण भण्डारीले सम्पादन गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। यो फिल्मको ३ महिनाअघि टाइटल गीत 'फूल'को पूरा अंश रिलिज गरिएको थियो 

यो फिल्ममा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्र नारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ।