'फर्की फर्की'लाई उच्च शो - निश्चलले गरे अनमोलको तारीफ

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को बुकिङ अग्रिम रुपमा खुल्ला गरिएको छ। बिहीवार अर्थात आगामी जेठ १० गतेबाट रिलिज हुने यो फिल्मको निर्माण टिमले सोबमार बाट नै बुकिङ खुल्ला गरेको हो । 

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको यो फिल्मको बुकिङ खुल्ला गरेसङै फिल्मले उच्च शो पाएको छ। फिल्मको शो खुलाएको केही क्षणमै आक्रामक रुपमा टिकट ब्रिक्री भइरहेको निर्माता रोहितले बताए । 

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्मको आज स्पेशल शोको आयोजना समेत गरिएको थियो। स्पेशल शो कार्यक्रममा फिल्मकर्मी, फिल्म निर्देशक निश्चल बस्नेत लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले यो फिल्म हेरेका छन् । 

निर्देशक निश्चल बस्नेतले यो फिल्म हेरेपछि खुलेरै तारीफ गरेका छन्। उनी भन्छन्,-'अनमोलको यो फिल्म हेरेर खुब मज्जा आयो। फिल्ममा प्रयोग भएको 'टाइम लूप' एकदम बबाल लाग्यो। निर्देशक र छायांकारको कामको सुपप छ। अनमोलले धेरै राम्रो काम गरेका छन्, उनको यो फिल्म अहिलेसम्मको उत्कृष्ट फिल्म लाग्यो,'। 

साथै, निर्देशक बस्नेतले यो फिल्म नछुटाउन पनि सबै दर्शकलाई अनुरोध गर्दै, फिल्मको बुकिङ खुलिसकेको जानकारी गराएका छन् । 

सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी रहेको यो फिल्मको निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् । 

फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।