'पुजार सार्की'को अग्रिम बुकिङ खुल्ला

यही जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने प्रतिक्षित फिल्म 'पुजार सार्की'को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। फिल्म प्रदर्शनको चार दिन अगाडि नै बुकिङ खुल्ला गरिएको निर्देशक राउतले जानकारी दिएका छन् । 


निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको छ। नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा फिल्म एकसाथ रिलिज हुनेछ। 

जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा निर्माण भएको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् भने संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यो फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्।

किङडम नेटवर्कको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। त्यस्तै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शकंर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ। फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।