कान्स फिल्मको मार्केटिङ सत्रमा ‘तारा’को वर्ल्ड प्रिमियर

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको मार्केटिङ सत्रमा फिल्म ‘तारा’को वर्ल्ड प्रिमियर हुँदैछ। कान्सको ‘मार्चे दु फिल्म’ खण्डमा हुन लागेको उक्त प्रदर्शनमा अभिनेत्री श्यामाश्री शेर्पा सहभागी हुँदैछिन् ।

निर्देशक साम्तेन भुटिया निर्देशित नेपाली भाषाको फिल्मको प्रदर्शनपछि अन्तर्राष्ट्रिय वितरकले सम्भावित लगानीबारे छलफल गर्नेछन् । यतिबेला कान्समा सहभागी भएकी श्यामाश्रीको यो फिल्ममा मुख्य भूमिकामा छ भने उनको अलावा कलाकार लुनिभा तुलाधरको पनि प्रमुख भूमिका छ । 

एकसाता पहिले नै फस्टलुक पोस्टर सार्वजनिक गरेको यो फिल्मको नेपाल प्रदर्शन अगस्टमा गरिने निर्देशक भुटियाले जानकारी दिए । बुझिएअनुसार यो फिल्मको निर्देशक भुटियासहितको टोली नेपाल आउने तयारीमा छ । 

यो फिचर फिल्मको सफलताका लागि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले बधाई तथा शुभकामना दिएका छन् ।